वन दिवसको अवसरमा सिद्धथान सामुदायिक वनमा वृक्षारोपण  « Khabarhub

 वन दिवसको अवसरमा सिद्धथान सामुदायिक वनमा वृक्षारोपण 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सिद्धथान सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । सातौँ सामुदायिक वन दिवस २०७९ को अवसर पारेर डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघको संयुक्त आयोजनामा बिहीबार सामुदायिक वन तथा सामुदायिक वनको भवन आसपासमा रुद्राक्ष, तेजपात, मसला, दाँते ओखर, पैयुँ लगायतका रुखका बिरुवा रोपिएको हो । 

 दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, डिभिजन वन कार्यालयका प्रमुख जगदिश रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघका सचिव युगसन कितार, रेञ्जर हरिकाजी राई, थिरबहादुर कार्कीलगायतले वृक्षारोपण गरेका थिए ।

वृक्षारोपण कार्यक्रमकै अवसरमा सामुदायिक वनको नीति, कार्यक्रम र महत्वका बारेमा उपभोक्ता समक्ष प्रकाश पारिएको डिभिजन वन कार्यालय प्रमुख रेग्मीले बताए । कार्यक्रम पेमा लामु शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ४ : ४४ बजे

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्