वन दिवसको अवसरमा सिद्धथान सामुदायिक वनमा वृक्षारोपण  « Khabarhub

 वन दिवसको अवसरमा सिद्धथान सामुदायिक वनमा वृक्षारोपण 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सिद्धथान सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । सातौँ सामुदायिक वन दिवस २०७९ को अवसर पारेर डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघको संयुक्त आयोजनामा बिहीबार सामुदायिक वन तथा सामुदायिक वनको भवन आसपासमा रुद्राक्ष, तेजपात, मसला, दाँते ओखर, पैयुँ लगायतका रुखका बिरुवा रोपिएको हो । 

 दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, डिभिजन वन कार्यालयका प्रमुख जगदिश रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघका सचिव युगसन कितार, रेञ्जर हरिकाजी राई, थिरबहादुर कार्कीलगायतले वृक्षारोपण गरेका थिए ।

वृक्षारोपण कार्यक्रमकै अवसरमा सामुदायिक वनको नीति, कार्यक्रम र महत्वका बारेमा उपभोक्ता समक्ष प्रकाश पारिएको डिभिजन वन कार्यालय प्रमुख रेग्मीले बताए । कार्यक्रम पेमा लामु शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ४ : ४४ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण