भारतका नवनिर्वाचित उपराष्ट्रपति धनखरद्वारा सपथ ग्रहण « Khabarhub

भारतका नवनिर्वाचित उपराष्ट्रपति धनखरद्वारा सपथ ग्रहण


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनिर्वाचित उपराष्ट्रपति जगदिश धनखरले भारतको १४ औँ उपराष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथ ग्रहण गराएकी हुन् ।

गत अगस्ट ६ मा भएको निर्वाचनबाट उनी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको घोषणा भने अगस्ट ७ मा प्रमुख निर्वाचन आयुक्त राजिभ कुमार र निर्वाचन आयुक्त अनुपचन्द्र पाण्डेले गरेका थिए ।

उपराष्ट्रपतिमा निर्वाचित धनखरसँग विपक्षी गठबन्धन समर्थित उम्मेदवार मार्गरेट अल्भाले प्रतिस्पर्धा गरेकी थिइन् । भारतको सङ्घीय संसद्मा भएको निर्वाचनमा धनखरले ५२८ मत पाउँदा अल्भाले १८२ मत पाएकी थिइन् ।

यसअनुसार उपराष्ट्रपतिमा निर्वाचित धनखरले ७४.३६ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । सन् १९९७ पछिका ६ उपराष्ट्रपतिमध्ये उनले नै सबैभन्दा धेरै मत ल्याएका हुन् ।

उपराष्ट्रपति चयनका लागि ७८० जनाले मतदान गर्न पाउने व्यवस्था रहेको थियो । ती मध्ये ७२५ जनाले मात्रै मतदान गरेका थिए । खसेको मतमध्ये पनि १५ मत रद्ध भएको थियो ।

उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा ३५६ मतको आवश्यकता पर्नेमा धनखरले त्योभन्दा धेरै ५२८ मत पाउन सफल भएका हुन् ।

भारतका नयाँ उपराष्ट्रपति धनखरको जन्म सन् १९५१ को मे १८ मा भारतको राजस्थान राज्यको झुन्झुनुमा सामान्य किसान परिवारमा भएको थियो ।

उनले विद्यालय तहको शिक्षा छत्तिसगढ राज्यस्थित सैनिक विद्यालयबाट पूरा गरेका थिए । उनले उच्च शिक्षामा भने भौतिकशास्त्र र कानुन अध्ययन गरेका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ४ : ५२ बजे

’ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर