‘विवाह गरेको भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरीत’ « Khabarhub

‘विवाह गरेको भोलिपल्ट नागरिकता दिने व्यवस्था राष्ट्रहित विपरीत’


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धी व्यवस्था राष्ट्रहित विपरीत रहेको बताएका छन् ।

‘संसद्ले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादास्पद छ,’ थापाले आज सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिन सकिने वैवाहिक अंगिकृत सम्बन्धी व्यवस्था राष्ट्रहित विपरीत र आपत्तिजनक छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधन सम्बन्धी विधेयक पुनर्विचारको लागि फिर्ता पठाउनु देशको लागि हित हुने समेत उनले बताएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ५ : १२ बजे

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्