विश्वविद्यालयका समस्या र चुनौतीलाई आपसी संवाद र समन्वयबाटै समाधान गर्नुपर्छ : प्रधानमन्त्री « Khabarhub

विश्वविद्यालयका समस्या र चुनौतीलाई आपसी संवाद र समन्वयबाटै समाधान गर्नुपर्छ : प्रधानमन्त्री


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा विश्वविद्यालयको पठनपाठनमा पर्न सक्ने असरप्रति ख्याल गर्न आग्रह गरेका छन्।

नेपाल प्राध्यापक संघको ६० औँ वार्षिक दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा जिम्मेवार भएर विश्वविद्यालयको पठनपाठनमा कुनै आँच आउन नदिन तथा शैक्षिक क्यालेन्डरमा असर नपार्न आग्रह गरेका हुन्।

विश्वविद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै उनले विश्वविद्यालयका समस्या र चुनौतीहरूलाई आपसी संवाद र समन्वयबाटै समाधान गर्नुपर्ने र यसमा प्राध्यापकहरूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरुले पढ्न चाहेको विषय नेपालमा नै पढाउनका लागि कतिपय कुराहरू सुधार गर्नुपर्ने गम्भीर चुनौतीमा रहेको बताए। उनले विश्वविद्यालयमा राजनीति भएर पठनपाठनमा समस्या भएको गुनासो आउने गरेको भन्दै सबै समस्याहरूलाई वार्ताबाटै हल गर्नुपर्ने धारणा राखे।

मन्त्री पौडेलले प्राध्यापकको पेसागत हक हितका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ५ : ३१ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण