मालीमा भएको आतङ्कवादी हमलामा ४२ सैनिकको मृत्यु | Khabarhub Khabarhub

मालीमा भएको आतङ्कवादी हमलामा ४२ सैनिकको मृत्यु


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक मालीको गाओ क्षेत्रमा रहेको टेसिट शहर नजिकै भएको आतङ्कवादी हमलामा ४२ मालियन सैनिकको मृत्यु भएको छ ।

आतङ्ककारी लडाकुको आक्रमणको जवाफमा सेनाले गरेको प्रत्याक्रमणमा ३९ लडाकु पनि मारिएको माली सरकारले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । भिडन्तमा अरु २२ जना घाइते भएका छन् ।

माली सरकारले जारी गरेको विज्ञप्तिअनुसार माली, नाइजर र बुर्किना फासोको सीमा जोडिएको संकटग्रस्त क्षेत्रमा आक्रमण भएको हो ।

साहारा मरुभूमिको दक्षिणमा पर्ने साहेल क्षेत्रमा पर्ने सीमाक्षेत्रमा कुनै पनि मुलुकको सैनिक उपस्थिती न्यून रहेको बताइन्छ । सोही कारण सो क्षेत्रमा इस्लामिक स्टेट, अल कायदाजस्ता आतङ्कवादी संगठनहरु सक्रिय रहँदै आएका छन् ।

सरकारले आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ । माली सरकारले इस्लामिक स्टेट इन द ग्रेटर सहारा नामक सशस्त्र समूहले चालकरहित हवाई उपकरण ड्रोन, तोपखाना प्रणाली, विस्फोटक पदार्थ र कार बमहरू प्रयोग गरी हमला गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक एवम् आर्थिक सङ्कटको सामना गरिरहेको छ । तुआरेग नामक जातीय समुदायको विद्रोह, इस्लामिक अतिवादीको जिहादी आक्रमण एवम् अन्तर–सामुदायिक हिंसाका कारण मालीमा हजारौंको ज्यान गइसकेको छ भने अरु लाखौँ विस्थापित भएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ६ : १५ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय