मालीमा भएको आतङ्कवादी हमलामा ४२ सैनिकको मृत्यु « Khabarhub

मालीमा भएको आतङ्कवादी हमलामा ४२ सैनिकको मृत्यु


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक मालीको गाओ क्षेत्रमा रहेको टेसिट शहर नजिकै भएको आतङ्कवादी हमलामा ४२ मालियन सैनिकको मृत्यु भएको छ ।

आतङ्ककारी लडाकुको आक्रमणको जवाफमा सेनाले गरेको प्रत्याक्रमणमा ३९ लडाकु पनि मारिएको माली सरकारले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । भिडन्तमा अरु २२ जना घाइते भएका छन् ।

माली सरकारले जारी गरेको विज्ञप्तिअनुसार माली, नाइजर र बुर्किना फासोको सीमा जोडिएको संकटग्रस्त क्षेत्रमा आक्रमण भएको हो ।

साहारा मरुभूमिको दक्षिणमा पर्ने साहेल क्षेत्रमा पर्ने सीमाक्षेत्रमा कुनै पनि मुलुकको सैनिक उपस्थिती न्यून रहेको बताइन्छ । सोही कारण सो क्षेत्रमा इस्लामिक स्टेट, अल कायदाजस्ता आतङ्कवादी संगठनहरु सक्रिय रहँदै आएका छन् ।

सरकारले आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ । माली सरकारले इस्लामिक स्टेट इन द ग्रेटर सहारा नामक सशस्त्र समूहले चालकरहित हवाई उपकरण ड्रोन, तोपखाना प्रणाली, विस्फोटक पदार्थ र कार बमहरू प्रयोग गरी हमला गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक एवम् आर्थिक सङ्कटको सामना गरिरहेको छ । तुआरेग नामक जातीय समुदायको विद्रोह, इस्लामिक अतिवादीको जिहादी आक्रमण एवम् अन्तर–सामुदायिक हिंसाका कारण मालीमा हजारौंको ज्यान गइसकेको छ भने अरु लाखौँ विस्थापित भएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ६ : १५ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा