काठमाडौँ– सरकारले राजस्व सचिवको जिम्मा रामेश्वर दंगाललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई राजस्व सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
दंगाल यसअघि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा थिए ।
यस्तै अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् । यसअघि अर्थ सचिवमा मधु मरासिनी रहेकोमा उनको सरूवा प्रधानमन्त्री कार्यालयमा भएको छ ।
प्रतिक्रिया