सिन्जियाङ प्रान्तमा चीनले आणविक हतियार परीक्षण केन्द्रको निर्माण गरिरहेको खुलासा « Khabarhub

सिन्जियाङ प्रान्तमा चीनले आणविक हतियार परीक्षण केन्द्रको निर्माण गरिरहेको खुलासा


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले मुलुकको पश्चिममा रहेको सिन्जियाङ प्रान्तमा आणविक हतियार परीक्षण केन्द्र निर्माण गरिरहेको खुलासा भएको छ ।

भू उपग्रहमार्फत् लिइएको तस्वीरको विश्लेषणबाट चीनले मुलुकको पश्चिममा रहेको सिन्जियाङ उइगुर स्वशासित क्षेत्रमा आणविक हतियार परीक्षण केन्द्र निर्माण गरिरहेको पाइएको हो ।

जापानबाट प्रकाशित हुने निक्के एसियाले भू उपग्रहमार्फत् लिइएका तस्वीरमा चीनले आणविक हतियार परीक्षण केन्द्र निर्माण गरिरहेको उल्लेख गरेको छ ।

सिन्जियाङ प्रान्तको दक्षिण पूर्वमा पर्ने नुनिलो पानीको लोप नोर नामक तालबाट ४५० किलोमिटर माथिबाट भू उपग्रहले तस्वीर खिचेको जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार केही विश्लेषकहरुले यस गोप्य आणविक हतियार परीक्षण केन्द्रलाई चीनको जनमुक्ति सेनाले सुरक्षित गरिसकेको हुनसक्ने जनाएका छन् ।

चीनले लोप नोर ताल क्षेत्रमा पाँच पटक आणविक हतियार परीक्षण गरिसकेको छ । पछिल्लो समय चीनले सन् १९९६ मा लोप नोरमा आणविक हतियार परीक्षण गरेको थियो ।

विश्वमा आणविक हतियारको होडबाजी चलिरहेको चिन्तामाझ चीनले आणविक हतियार परीक्षण केन्द्रको निर्माण गरिरहेको विषयलाई निकै चासोपूर्वक हेरिएको छ ।

 

तस्वीर- निक्के एसिया/प्लानेट ल्याब्स

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ९ : ०७ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध