आगामी तीन दिनको मौसम : कहाँ-कहाँ हुँदैछ वर्षा ? « Khabarhub

आगामी तीन दिनको मौसम : कहाँ-कहाँ हुँदैछ वर्षा ?


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज देशका विभिन्न भेगमा वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ ।

दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी भूभागमा वर्षाको आकलन गरिएको छ ।

शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति गण्डकीका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास छ भने पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : ०७ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका