चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा साउदीको जेलमा  « Khabarhub

चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा साउदीको जेलमा 


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरेबियामा चोरीको आरोपमा एक वर्षदेखि नेपाली युवा जेल जीवन बिताइरहेको पाइएको छ।

महोत्तरी बर्दिबास-६ निवासी अमलेश साह कार्यरत कम्पनी छोडेर अर्को कम्पनीमा गएपछि बराक नसीर अल दोसरीले झुटो चोरीको आरोप लगाएको हो।

कम्पनीले सम्झौता बमोजिम तलब सुविधा नदिए पछि उनी बाध्य भएर कम्पनी छोड्दा सोही कम्पनीले पक्राउ गराएर एक वर्षदेखि जेलमा रहेको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए ।

अभियन्ता रायका अनुसार अमलेशका घर परिवारले करिब चार महिनादेखि उनको उद्धारको लागि वैदेशिक रोजगार विभागमा गएर निवेदन दिए पनि कुनै पहल नभएको सुनाए । आफूले पनि वैदेशिक रोजगार बोर्डमा कानुनी सहायता र उद्धारको लागि निवेदन दिएको उनले बताए।

साउदी अरबमा नेपालबाट म्यानपावर कम्पनीले सम्झौता गरेअनुसारको काम र सुविधा नपाएपछि कम्पनी छाडेर अर्को कम्पनीमा जाने कामदारको संख्या बढेको छ। पुरानो कम्पनीले चोरीको झुट्टो मुद्दा हालेर धेरै नेपाली श्रमिकहरूलाई बिना गल्ती जेल जीवन बिताउन बाध्य पार्ने क्रम बढेको सोरोकारवालाहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ४८ बजे

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन

मधेशमा कस्तो छ जुठो बार्ने चलन ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका