एफबीआईको कार्यालयमा जबरजस्ती प्रवेश गर्न खोज्ने हतियारधारी सुरक्षा कारवाहीमा मारिए | Khabarhub Khabarhub

एफबीआईको कार्यालयमा जबरजस्ती प्रवेश गर्न खोज्ने हतियारधारी सुरक्षा कारवाहीमा मारिए


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई) को कार्यालयमा प्रवेश गर्न खोज्ने एक जना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ ।

बिहीबार हतियार बोकेका एकजनाले एफबिआईको कार्यालयमा जबरजस्ती पस्ने प्रयास गरेका थिए । ती हतियारधारीले कार्यालय प्रवेश पूर्वको सुरक्षा प्रक्रिया उल्लङ्घन गरेपछि केहीबेर भनाभन भएको थियो ।

सुरक्षा अधिकारीहरूले सम्झाउने प्रयास गर्दा ती हतियारधारीले गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा नै ती हतियारधारी सन्दिग्धको ज्यान गएको ओहायोको प्रहरीले जनाएको छ ।

कानुन कार्यान्वयन इकाइका अधिकारीहरूले ती सन्दिग्धलाई छलफल तथा कम घातक रणनीति अख्तियार गरेर नियन्त्रणमा लिने प्रयास गरेपनि उनी त्यहाँबाट भागेको र पुनः पक्राउको प्रयास गर्दा गोली प्रहार गरेकाले सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा उनी मारिएको प्रहरीको भनाइ छ ।

एफबिआईको कार्यालयमा हतियारसहित प्रवेश गर्ने उनकोको प्रयास, त्यसको मनसाय र उद्देश्य के थियो भन्ने स्पष्ट भएको छैन ।

अधिकारीहरूले यसबारे अनुसन्धान गरिरहेको जनाएका छन् । पूर्व राष्ट्रपति डोेनाल्ड ट्रम्पको फ्लोरिडा राज्यस्थित पाम बिचमा रहेको निजी निवासमा एफबिआईले छापा मारेको केही दिनपछि घटना भएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : २६ बजे

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकमाथि

बेलायतको एअरबेसमा प्यालेस्टाइन समर्थकले अनधिकृत प्रवेश गरी हुलहुज्जत गरेपछि…

काठमाडौं– बेलायतमा रहेको शाही वायुसेनाको आधारमा अनधिकृत प्रवेश गरी प्यालेस्टाइन

ढुंण्डीराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।