लागूऔषधसहित ८ जना पक्राउ | Khabarhub Khabarhub

 लागूऔषधसहित ८ जना पक्राउ


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ, बर्दिया, सिरहा र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने चोकस्थित सेसेहाङ होटलका सञ्चालक ४१ वर्षीय सञ्जय लिम्बुलाई गाँजासहित प्रहरीले बिहीबार पक्राउ गरेको छ । उनको साथबाट करिब १ केजी ७ सय २० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले उनलाई गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  मोरङकै पथरीशनिश्चरे नगरपालिका–३ मगरटोलबाट करिब ५ सय ७५ ग्राम गाँजासहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ बस्ने १९ वर्षीय सुनिल परियार र सोही नगरपालिका–३ बस्ने ३८ वर्षीय कोपिला मगर रहेका छन् ।  इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले सुनिलको साथबाट ५० ग्राम तथा कोपिलाको साथबाट ५ सय २५ ग्राम गाँजा, नगद १२ हजार रुपैयाँ र एक थान डिजिटल तराजु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट करिब १ ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित बाँके खजुरा गाउँपालिका–२ बस्ने ३४ वर्षीय नबिन थापा मगर लगायत २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सिरहाको सुखीपुर नगरपालिका–८ महदेवाटोलबाट करिब ६ सय ग्राम गाँजा र नगद २९ हजार ३०५ रुपैयाँसहित सोही ठाउँ बस्ने ६८ वर्षीय ढोढाई चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सिरहाकै लहान नगरपालिका–२३ बाट करिब ५ सय ग्राम गाँजासहित सोही ठाउँ बस्ने ४० वर्षीय साधु महतो लगायत दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ४ : ३६ बजे

भारत विरुद्धको टेस्टमा इंग्ल्यान्डका कप्तान स्टोक्सले नखेल्ने

काठमाडौं – इंग्ल्यान्डले भारतसँग बिहीबार ओभलमा पाँचौ टेस्ट खेल्दैछ। यो

रुससँग हतियार किनेको भन्दै अमेरिकाले भारतीय सामानमा लगायो २५ प्रतिशत कर

वाशिङ्टन – रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले

खीर खाएर आज साउन १५ मनाइँदै

काठमाडौं – साउन १५ गते आज नेपाली समाजमा खीर खाएर

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन