४० दिनका लागि प्रदर्शनीमा राखियो मच्छिन्द्रनाथको रथ « Khabarhub

४० दिनका लागि प्रदर्शनीमा राखियो मच्छिन्द्रनाथको रथ


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथको अस्थायी प्रदर्शनी आइतबारदेखि पाटन संग्रहालयले शुरु गरेको छ ।

पाटन दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढाउन संग्रहालयले २७ इञ्च लामो रथको ४० दिनका लागि प्रदर्शनी गरेको हो ।गत वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म जिल्लामा करीब दुई महिना रातो मच्छिन्द्रनाथको जात्रा चलेको थियो ।

संग्रहालयका कार्यकारी निर्देशक सन्दीप पोखरेलले विगतका वर्षमा संस्थाले धेरै पटक तस्वीर प्रदर्शनी गरेको र भविष्यमा अन्य उत्कृष्ट प्रदर्शनी पनि गरिने जानकारी दिए । ‘गत वर्ष संग्रहालयको भ्रमण दुई लाख पर्यटकले गरेको थिए । यस वर्ष गत जेठसम्म दुई लाख २५ हजारले गरिसके’, पोखरेलले भने ।

संग्रहालयका अधिकृत सुरेशमान लाखेले केशवनारायण चोकभित्र भएको सो प्रदर्शनीमा मच्छिन्द्रनाथ रथमा प्रयोग गरिने रथको नमूना, पाङ्ग्रा, भैरवको मकुण्डो, कर्कोटनाग अडिएको पाता, हुलाक टिकट, रथ निर्माणमा पाटनवासीले गरेको योगदान, नेवारी परम्परा र रथमा प्रयोग गरिने वस्तुबारे जानकारी दिइने बताए ।

करीब एक हजार तीन सय वर्षदेखि पाटनमा चल्दै आएको नेपालको सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको रथजात्रा चिनिन्छ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले यस वर्ष संग्रहालय परिषद्ले निर्माण गरेको ‘संग्रहालय एउटा सांस्कृतिक केन्द्र हो, जसले परम्पराअन्तर्गत भविष्यलाई जोड्छ’ भन्ने नारालाई समर्थन गर्दै स्वदेशी र विदेशी पर्यटक पाटन आउने विश्वास व्यक्त गरे ।

संग्रहालयले पाटनको सबैभन्दा पुरानो बाजा मृदङ्ग बजाएर भजनका साथ कार्यक्रम शुभारम्भ गरेको थियो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ४९ बजे

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा