कोपा अमेरिका– कतारलाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश « Khabarhub

कोपा अमेरिका– कतारलाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टिना कोपा अमेरिकाको लिग चरणको आफ्नो अन्तिम खेलमा बिजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलमा जारी कोपाको समूह बी अन्तर्गतको अन्तिम खेलमा अर्जेन्टिनाले कतारलाई २–० ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो ।

खेलको शुरुवाती चौंथो मिनेटमा नै अग्रता बनाएको अर्जेन्टिनाका लागि मार्टिनेजले पहिलो गोल गरेका थिए भने सर्जियो अग्वेरोले ८२ औं मिनेटमा दोस्रो गोल गर्दै टीमलाई जीत दिलाएका हुन् ।

लियोनल मेस्सीको अर्जेन्टिनाले यो जितसँगै लिग तालिकमा एक खेलमा बराबरी र एकमा जीतसहति ४ अंक बुटेको छ । कोलम्बिना सबै खेलमा जीत निकाल्दै शीर्ष स्थानमा रहेको छ ।

ग्रुप बिजेता कोलम्बियाले पाराग्वेलाई १–० ले पराजित गरेपछि अर्जेन्टिनाको अर्कोचरणको यात्रामा सहज भएको थियो ।

शुक्रवार हुने क्वाटरफाइनमा अब अर्जेन्टिनाले भेनेजुएलाको सामना गर्नेछ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ६ : ५५ बजे

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ