दरबारभित्र फिल्म हल– मुमाबडामहारानी फिल्मकी पारखी, राजा वीरेन्द्र चासो दिँदैन थिए « Khabarhub

दरबारभित्र फिल्म हल– मुमाबडामहारानी फिल्मकी पारखी, राजा वीरेन्द्र चासो दिँदैन थिए


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?”

तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो । दशैँमा टीका थाप्ने कक्षसँगै जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ । दरबारभित्रका विभिन्न कक्ष सर्वसाधारणका लागि खुला गरिए पनि सिनेमा हललाई भने खुला गरिएको छैन ।

त्यतिबेला उपत्यकाका सिनेमा हलबाट ‘हाफ टाइम’मा सिनेमाका रिललाई दरबारतर्फ कुदाइन्थ्यो । रिलको व्यग्र पर्खाइमा राजपरिवार सिनेमा हलमा बस्थे । कर्मचारीहरूले हस्याङफस्याङ गरी दरबारभित्रको सिनेमा हलमा पुर्‍याइएको रिललाई हतारिँदै प्रोजेक्टरमा राखेर चलाउँथे । यता ‘हाफ टाइम’को रिल सकिँदा उता सिनेमा हलमा ‘हाफ टाइम’ पछिको भाग सकिन्थ्यो । त्यसलाई फेरि हतारिँदै दरबारतर्फ कुदाइन्थ्यो । दरबारमा हेरिसकेको रिललाई पुनः हतारिँदै सिनेमा हलमा फर्काइन्थ्यो ।

विसं २०२६ मा बनेकाे नारायणहिटी दरबारभित्रको हलमा छद्ध वटा कुर्सी र पाँचवटा सोफा राखिएका छन् । सोफलामा तत्कालीन राजपरिवारका महत्वपूर्ण सदस्य मात्र बस्न पाउँथे । धुलो पर्ने भएकाले अहिले ती सोफा छोपेर राखिएका छन् । भने अन्य कुर्सी त्यतिकै राखिएका छन् । दरकारका पूर्व कर्मचारी रोहित ढुंगानाका अनुसार बढी जसो मुमाबडामहारानी रत्नले फिल्म हेर्ने गरेकी थिइन् । रानी एश्वर्य पनि फिल्ममा रुची राख्थिइन् तर राजा वीरेन्द्र भने कमै मात्र फिल्म हेर्थे । हलमा प्राय हिन्दी सिनेमा हेर्ने गरिन्थ्यो । नेपाली फिल्म नै कम बन्ने भएका कारण पनि समस्या थियो । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशन भएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : ०६ बजे

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

काठमाडौं– सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन

‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण

काठमाडौं – देशको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सका हलहरूमा हिमालमा

उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई