सुर्खेत– सिम्ता गाउँपालिका–४ बजेडीचौरमा जङ्गली जनावर बँदेलले आतङ्क मच्चाएको छ । सयौँको सङ्ख्यामा गाउँ पस्ने बँदेलले खेतीबाली नष्ट गरेपछि स्थानीयले नियन्त्रणका लागि गाउँपालिका गुहारेका छन् ।
बँदेलले हिउँदे र वर्खेबाली सखाप पारेपछि संयुक्त ज्येष्ठ नागरिक मिलन केन्द्रको अगुवाइमा सोमबार गाउँ कार्यपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी छ ।
स्थानीयले गाउँपालिकाले तत्काल बँदेल नियन्त्रणमा ध्यान नदिए मालपोत कर नतिर्ने चेतावनी दिएका छन् । केन्द्रका अध्यक्ष गोरख चन्दले गाउँभरि बँदेलले आतङ्क मच्चाएको बताए ।
‘दिन–रात ठूलो सङ्ख्यामा बँदेल खेतबारीमा पस्ने गर्दछन् । हिउँदे सिजनमा पनि यसैगरी बाली सखाप पारे’, उनले भने, ‘मानिसले धपाउनै नसक्ने सङ्ख्यामा बँदेलको हूल खेतबारी र बस्तीमा पस्ने गर्दछन् । बँदेलबाट धेरै क्षति भोगिसक्यौँ ।’
मिहेनतले लगाएको खेतीबाली बँदेलले क्षति पु¥याएपछि स्थानीय बासिन्दा चिन्तित छन् ।
प्रतिक्रिया