डेढ वर्षपछि जिल्ला अस्पताल मुगुले पायो अध्यक्ष « Khabarhub

डेढ वर्षपछि जिल्ला अस्पताल मुगुले पायो अध्यक्ष


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुुगुु– हिमाली जिल्ला मुगुमा रहको जिल्ला अस्पताल विकास समिति मुगुले करिब डेढ वर्षपछि व्यवस्थापन समिति पाएको छ । अस्पतालले करिब डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा गजेन्द्र बहादुर मल्ल नियुक्त भएका छन् ।

कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड ुकु बमोजिम सामाजिक विकास मन्त्रालयले मल्ललाई चार वर्षका लागि मुगु अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्ष मल्लले एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् । उक्त समितिमा मन्त्रालयबाट मनोनीत व्यक्ति अध्यक्ष, नगर प्रमुख अध्यक्ष अस्पताल रहको स्थानीय तह सदस्य, प्रतिनिधि जिल्ला समन्वय समिति, मन्त्रालयले मनोनीत गरेको एक जना महिलासहित तीन जना, अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, उद्योग वाणिज्य संघ, प्रमुख जनस्वास्थ्य शाखा, प्रमुख आयुर्वेद शाखा, नर्सिङ इन्चार्ज, सम्बन्धित अस्पताल र मेडिकल सुपरिटेन्डेन्ट, सम्बन्धित अस्पताल सदस्य सचिवमा अस्पताल विकास समितिमा रहेका छन् ।

डेढ वर्षदेखि विना समितिद्वारा सञ्चालन हुँदै आएको अस्पतालले बल्ल अध्यक्ष पद पाएको हो । २०७७ पुस महिनामा पारसमणि मल्लको कार्य अवधि सकिएपछि डेढ वर्षसम्म समिति पदाधिकारी विहीन अवस्थामा रहेको थियो ।

लामो समयदेखि अस्पताल विकास समितिमा अध्यक्ष नहुँदा प्रभावित रोकिएका थिए । अस्पतालले अध्यक्ष पाए पछि अब नियमित रूपमा अगाडि बढ्ने जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए ।

अस्पताल विकास समिति मनोनयन भएका मल्लले आफ्नो चार वर्षे कार्यकालमा अस्पतालमा कुनै पनि कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष मल्लले पदभार ग्रहण पश्चात् बिरामी लाई फलफूल वितरणसमेत गरेको थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ३९ बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट