राजदूत वाग्लेले बुझाए ओहोदाको प्रमाणपत्र « Khabarhub

राजदूत वाग्लेले बुझाए ओहोदाको प्रमाणपत्र


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनका लागि नवनियुक्त नेपाली राजदूत तीर्थराज वाग्लेले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

बहराइनका परराष्ट्रमन्त्री डा. अब्दुललातिफ बिन राशिद अलजायनीलाई ओहोदाको प्रमाणपत्र पेश गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

त्यसक्रममा परराष्ट्र मन्त्री अलजायनीसँग राजदूत वाग्लेले शिष्टाचार भेटवार्ता गरेका थिए । उनीहरुबीच दुई देशको कूटनीतिक, आर्थिक विकास, पर्यटन र श्रम सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ।

साथै, आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा कुराकानी भएको बताइएको छ । राजदूत वाग्ले गत साउन १६ गते अर्थात् १ अगस्टमा बहराइन पुगेका थिए ।

उनलाई बहराइनको अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा त्यहाँका परराष्ट्र मन्त्रालयका शिष्टाचार महाशाखाका पदाधिकारीहरू तथा नेपाली दूतावासका नियोग उपप्रमुख अरूणा घिसिङ्गलगायतले स्वागत गरेका थिए।

पूर्व राजदूत पदम सुन्दास आफ्नो कार्यरत सकाएर नेपाल फर्केपछि उनी राजदूत नियुक्त भएका थिए।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : ४० बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका