हय्या कार्ड भए कतार प्रवेश पाइने, नयाँ कामदार आउन नपाइने  « Khabarhub

हय्या कार्ड भए कतार प्रवेश पाइने, नयाँ कामदार आउन नपाइने 


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारले फिफा विश्वकपका दर्शकहरूलाई मध्यनजर गरी ल्याइएको विशेष व्यवस्था हय्या कार्ड होल्डरहरूलाई आगामी १ नोभेम्बरदेखि २३ जनवरीसम्म आवत-जावत गर्न दिने निर्णय गरेको छ ।

नोभेम्बरदेखि हय्या कार्ड भएका आगन्तुकहरूलाई मात्र कतार प्रवेश गर्न दिइने र विश्वकप २०२२ का फ्यानहरूलाई थप आवासको विकल्पहरू प्रदान गर्न अल मेसिलाको दरब अल साईमा कारभान्स परियोजना यसै हप्ता सुरु गरिने सुप्रीम कमिटी फर डिलिवरी र लिगेसी अधिकारीका आवास विभागका कार्यकारी निर्देशक ओमार अल-जबिरले बताएका छन् ।

निर्देशक अल-जबिरका अनुसार कतारी आइडी भएकाहरू उक्त अवधिमा कुनै पनि बेला आवत-जावत गर्न पाउनेछन् तर यस अवधिमा नयाँ कामदारहरू भने आउन पाउने छैनन् ।

कुनै पनि खेलको टिकट धारकहरूले हय्या कार्डको फाइदाहरू प्राप्त गर्नेछन् र उपलब्ध आवासको सर्तमा खेल अवधिभर देशमा रहन सक्छन्। हय्या कार्डलाई बहुप्रवेश अनुमति मानिन्छ, जुन २३ जनवरी २०२३ सम्म मान्य हुने ह्याया प्लेटफर्मका कार्यकारी निर्देशक सईद अल-कुवारीलाई उद्धृत गर्दै गल्फ टाइम्सले जनाएको छ ।

फिफा विश्वकप कतार २०२२ को लागि एक अन्तर्राष्ट्रिय ००९७४ ४४४१२०२२ हटलाईन नम्बर ‘२०२२’ लन्च गरिएको छ। जहाँ कतारभित्रका मानिसहरूले कुनै पनि समस्या वा घटनाहरू भएमा सबै सम्बन्धित मुद्दाहरूको बारेमा सोधपुछका लागि जवाफ पाउन सक्नेछन् ।

हाल, यो सेवा अंग्रेजी र अरबी भाषामा उपलब्ध रहेको र अन्य भाषा पनि विस्तार गरिने बताइएको छ । २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : २५ बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको