वीरगञ्ज- किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल नियन्त्रणमा लिएका छन् ।
सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै स्थानीयवासीले मल नियन्त्रणमा लिएका हुन् । कृषकले मल ‘लोड’ गरिएको ट्रक नियन्त्रणमा लिएपछि त्यहाँ पुग्नुभएका वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले जिल्लामा मलको कोटा वृद्धि गर्न पहल गर्ने जानकारी दिए।
किसानले नियन्त्रणमा लिएका सो मल बाल मन्दिर प्राङ्गणमा राखिएको छ । सो विषयमा महानगरप्रमुख सिंह र कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रकाश चौलागाईंसहितको टोलीसँग छलफल भएको छ । पर्सामा सो कम्पनीको प्रादेशिक कार्यालयबाटै मल वितरण हुँदै आएको छ ।
वीरगञ्ज महानगरले यहाँका कृषकका लागि आठ हजार मेट्रिक टन मल आवश्यक रहेको भए पनि हालसम्म लिमिटेडले आठ सय मेट्रिक टन मात्रै उपलब्ध गराउने कोटा निर्धारण गरेको जनाएको छ ।
प्रतिक्रिया