राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु  « Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु 


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबल सहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

थापाले मुलुकको पछिल्लो अवस्था बारे संक्षिप्त भनाई राखेका छन् । अहिले थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

बैठकमा महामन्त्री भास्कर भद्राले सचिवालय सम्बन्धी प्रतिवेदन , महामन्त्री सुशील श्रेष्ठले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन , प्रदेश अध्यक्षहरूको प्रतिवेदन  प्रस्तुत गर्ने कार्य तालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए । प्रस्तुत कार्यपत्र र प्रतिवेदन माथि आजै बाट टिप्पणी सुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रवक्ता सुरेश आचार्यले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : २५ बजे

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत– जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु

गाजा युद्धपछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू

एजेन्सी– गाजा युद्ध पछि पहिलो पटक शनिबार वेस्ट बैंक र

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई