भारतीय राजदूतावासमा मनाइयो ७६ औँ स्वतन्त्रता दिवसको उत्सव « Khabarhub

भारतीय राजदूतावासमा मनाइयो ७६ औँ स्वतन्त्रता दिवसको उत्सव


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय राजदूतावास, काठमाडौँले आज भारतको ७६ औँ स्वतन्त्रता दिवस मनाएको छ।सो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रूपमा रहेको छ ।

दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो ।त्यस्तै उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेकी सम्बोधन पढेर सुनाए । भारतको स्वतन्त्रताको खातिर हाम्रा स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरूको चर्चा गरिन्। भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गर्दै उनले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रूपमा समर्पित भई अघि बढ्न आह्वान गरिन्।

कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई नेरु २.६५ करोड प्रदान गरी सम्मान गर्‍यो ।

त्यसैगरी दूतावासले आजादीका अमृत महोत्सव हाजिरी जवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्‍यो । देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन प्रेरित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरी जवाफको आयोजना गरेको थियो ।

दूतावासको फेसबुक पेजमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : ४२ बजे

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि

काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात्

बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरु बच्चा

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन