गोसाइँकुण्ड मन्दिरमा चढाएको भेटी सार्वजनिक « Khabarhub

गोसाइँकुण्ड मन्दिरमा चढाएको भेटी सार्वजनिक


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ ।

पुजारीबाट संकलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्‍याइ जिल्ला प्रहरी कार्यालयको रोहबरमा गणना गरी सार्वजनिक गरिएको हो ।

 समितिका अध्यक्ष संञ्जिव डिएमले भेटी तीन लाख २२ हजार एक सय १५ संकलन भएको जानकारी दिए । गोसाइँकुण्ड पुगेका सबै यात्रु आआफ्नो गन्तव्यतर्फ फर्किई तीर्थस्थल खुल्ला भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेला अवधिमा यात्रुबाट उत्पन्न फोहर व्यवस्थापनका लागि स्थानीय व्यवसायी र गोसाइँकुण्ड क्षेत्र विकास समितिबीच समन्वय भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु