युवा संघद्वारा फोहोर संकलन | Khabarhub Khabarhub

युवा संघद्वारा फोहोर संकलन


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँका विभिन्न स्थानमा फोहर संकलन गरेको छ ।

लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रूपमा फोहर संकलन गरिएको युवा संघले जनाएको छ ।

फोहोरले दुर्गन्ध बढेको र विभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्य सुरु गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए।

फोहर संकलन उपत्यकाका विभिन्न स्थानमा निरन्तर चल्ने र फोहर विसर्जन गर्ने स्थलसम्म पुर्‍याइने उनले बताए। उनले फोहर विसर्जनका विषयमा यसअघि पनि विवाद भए पनि यस पटक भने यसलाई व्यवस्थापन गर्न महानगर चूकेको जस्तो देखिएको बताए।

सत्तारुढ दलहरूले नै फोहर विसर्जनमा अवरोध सिर्जना गर्न खोजेकाले सबै समस्याको समाधान राज्यले खोज्नुपर्ने पौडेलको भनाइ छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : ३६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण