टर्कीको इस्तानबुलमा सत्तारुढ पार्टी पराजित « Khabarhub

टर्कीको इस्तानबुलमा सत्तारुढ पार्टी पराजित


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टर्की– टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मेयरका लागि भएको निर्वाचनमा सत्तारूढ पार्टी पराजित भएको छ। मुख्य विपक्षी दलका उम्मेदवार एक्रिम एमामोलुले झन्डै ५४ प्रतिशत मत ल्याएका छन्।

उनले यसअघि नै मार्च महिनामा भएको निर्वाचनमा आश्चर्यजनक जित हासिल गरे तापनि सत्तारूढ एके पार्टीले अनियमितताको आरोप लगाएपछि पुन: मतदान भएको थियो। यो परिणामले राष्ट्रपति रेजेप तय्यीप एर्दोआनको दलले राजधानीमा आफ्नो नियन्त्रण गुमाएको देखाएको छ।

एक्रिम एमामोलुका प्रतिद्वन्द्वी रहेका देशका पूर्वप्रधानमन्त्री बिनाली यिल्दिरिमले हार स्वीकारेका छन्। राष्ट्रपति एर्दोआनले विजेतालाई बधाई दिएका छन्। यो परिणामलाई एर्दोआनका लागि ठूलो राजनीतिक धक्काका रूपमा अर्थ्याइएको छ। कुनैबेला एर्दोआनले भन्नेगर्थे- “जसले इस्तानबुलमा जित्छ, उसले टर्कीमा जित्छ।”

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ९ : ३० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको