नागरिकता विधेयक फिर्ता पठाएकोप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण « Khabarhub

नागरिकता विधेयक फिर्ता पठाएकोप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

तरुण दलले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिले अनेक बहाना र प्रपञ्च गरेको आरोप समेत लगाएको छ ।

‘प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाएको प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकृष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिले नागरिकता विहीन नेपाली जनता माथि अपमान गरेको जनाउँदै तरुण दलले उक्त कार्यको घोर निन्दा र भर्त्सना गरेको छ ।

‘राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकता विहीन नागरिकहरूलाई संविधानले दिएको सार्वभौम अधिकार समेत कुण्ठित हुने गरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरू फेरी अन्धकारको भुमरीमा धकेलिएका छन्,’ तरुण दलले भनेको छ ।

पदको मर्यादामा नरहेका कारण राष्ट्रपतिले राजीनामा दिन उचित हुने सुझाव तरुण दलले दिएको छ । राजीनामा नदिएमा राष्ट्रपतिलाई महाअभियोगबाट पदच्युत गर्न संसद् र सरकारसँग तरुण दलले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ३८ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको