३९ जनाद्वारा जसपा परित्याग  « Khabarhub

३९ जनाद्वारा जसपा परित्याग 


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जनता समाजवादी पार्टी, खोटाङका ३९ नेताले पार्टी परित्याग गरेका छन् ।

केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठनिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको आरोप लगाउँदै जिल्ला अध्यक्ष टंक थापासहित ३९ नेताले जसपा परित्याग गरेका हुन् ।

अध्यक्ष थापाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन आयोजना गर्दै ११ पदाधिकारीमध्ये सात जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, सात केन्द्रीय सदस्यमध्ये दुई जना र ६ जना प्रदेश सदस्यमध्ये तीन जनाले पार्टी परित्याग गरेको जानकारी दिए । 

जिल्ला अध्यक्ष थापा, उपाध्यक्ष मणि राई, नविनकिशोर राई, बसन्ती राई, सचिव जिवराज पोख्रेल, सह-सचिव आशिस राई र कोषाध्यक्ष सावित्री राईले जसपा छाडेका छन् । यस्तै, केन्द्रीय अनुशासन आयोग सदस्य वीरबहादुर राई, प्रदेश समिति सदस्य मोहन गुरुङ, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई र गीता श्रेष्ठले पार्टी परित्याग गरेका हुन् । जसपाले जिल्ला कमिटीको बैठक बोलाएकै दिन उनीहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । 

थापाका अनुसार जिल्ला सल्लाहकार सदस्य पञ्चशेर राई, सचिवालय सदस्य दिपककुमार तामाङ, प्रवचन राई, मनोज राई, ऐसेलुखर्क पालिका अध्यक्ष किशोर राई, ऐसेलुखर्क उपाध्यक्ष कृष्ण राई लगायतले जसपा छाडेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ४६ बजे

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो

ताइवानतिर चीनले हान्यो रकेट

काठमाडौं- चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका

चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन– प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

ढाका– बंगलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार