पत्रकारलाई धम्क्याएको घटनाप्रति महासंघको ध्यानाकर्षण « Khabarhub

पत्रकारलाई धम्क्याएको घटनाप्रति महासंघको ध्यानाकर्षण


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रिकाका सम्पादक मोति खनाललाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

हिमाल पोस्ट अनलाइनमा २०७९ साउन २६ गते सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको बारेमा प्रकाशित समाचारलाई लिएर सम्पादक खनाललाई आफूलाई मेयरका भाइ बताउने रामकुमार थापासहित अन्य तीन जना व्यक्तिले थप सूचना दिने भनी बोलाएर समाचारको स्रोतबारे जानकारी नदिए या समाचार नसच्याए ‘जे पनि गर्नसक्ने’ भन्दै धम्क्याएको घटनाको महासंघले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ ।

नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाईंद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने मार्गप्रशस्त हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्याउने काम हुनु प्रेस स्वतन्त्रताविपरीत काम हो । महासंघ यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र पत्रकारलाई निर्वाध र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ५२ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा