लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको पैmसला भएर फरार भएकी एक महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठ रहेकी छिन् ।

श्रेष्ठलाई लागुऔषध गाँजा मुद्दामा भक्तपुर जिल्ला अदालतले गत वैशाख ४ गते एक वर्ष एक महिना कैद र रु छ हजार जरिवानाको फैसला गरेको थियो । फैसला लगत्तै श्रेष्ठ फरार भएकी थिइन् ।

पक्राउ लगत्तै प्रहरीले श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँ पठाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ११ : ११ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले