पूर्वाधार विकासका योजना कार्यान्वयन प्रक्रिया सुरु | Khabarhub Khabarhub

 पूर्वाधार विकासका योजना कार्यान्वयन प्रक्रिया सुरु


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको नरैनापुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका योजना कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । 

आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न आगामी भदौदेखि योजना कार्यान्वयन प्रक्रिया सुरु हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए । उनका अनुसार भदौदेखि कार्यान्वयन प्रक्रिया सुरु गरी मङ्सिरबाट काम सञ्चालन गर्ने तयारी छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको छ । 

आर्थिक वर्षको सुरुमै सक्रिय भए अन्त्यमा कामको भार कम हुने र आगामी वर्षका योजना छनोट गर्न सहज हुने छ । त्यसैले समयमै काम थालेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । नरैनापुरको वडा नं. १ मा तीन करोडमा विद्यालय भवन, वडा नं. २ र ३ मा सडक नाली निर्माण, वडा नं. ४ मा गाउँपालिकास्तरीय अस्पताल, रङ्गशाला, वडा नं. ५ र ६ मा शिक्षा र सडक पूर्वाधार विकासका योजना कार्यान्वयन हुँदैछन् । 

गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न नभएकाले अहिले साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपर्ने वाध्यता गाउँपालिकाले यस आवमा विकास योजना वैशाखभित्र सक्ने गरी काम थालेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । नरैनापुरमा यो वर्ष वर्षात् नभएकोले कृषिमा ठूलो समस्या देखिएको छ । सिँचाइको व्यवस्था नभएकाले आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान भदौ महीना लाग्दा सम्म धान रोप्न पाएका छैनन् ।  

बढ्दो गर्मीसँगै उक्त क्षेत्रमा पानी नपरे पछि कृषियोग्य जमिन बाँझो रहेको र पानीको स्रोत सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार हुँदा नरैनापुर गाउँपालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको अध्यक्ष शाहको भनाइ छ । 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : १९ बजे

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको