दाङमा घटेन सवारी दुर्घटना, एक वर्षमा ९५ जनाको मृत्यु | Khabarhub Khabarhub

दाङमा घटेन सवारी दुर्घटना, एक वर्षमा ९५ जनाको मृत्यु


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – गत वर्ष कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका–४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी आठ जना गम्भीर घाइते भए भने मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै गाउँका थिए ।

गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा३प २९१२ नम्बरको मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा साइकल चालक सोही ठाउँका १६ वर्षीय रितेश केसी र मोटरसाइकलमा सवार घोराही–७ कै ४४ वर्षीया गङ्गा कँवरको घटनास्थलमा मृत्यु भयो । मोटरसाइकल चालक र अन्य दुईजना साइकल गम्भीर घाइते भए ।

यी दुइवटै दुर्घटना प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटनाको मुख्य कारण यान्त्रिक गडबडी र चालकको कमजोरी बतायो भने मोटरसाइकलले ठक्कर दिनुको कारण मापसे गरी तीव्र गति सवारी चलाउनु नै रहेको देखाएको छ ।

वास्तवमा यी त उदाहरण मात्र हुन् । जिल्लामा हुने सवारी दुर्घटनाका कारण यतिखेर नागरिकले अकालमै ज्यान गुमाउन पुगेका छन् । अब यस्ता दुर्घटना नदोहोरिन दिन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नागरिकसँग समन्वयन गरी दुर्घटना न्यूनीकरणमा चासो दिन थालेको छ । सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । यहाँका बजारमा ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।

सडक वारपार गर्ने पैदलयात्रुलाई सचेतना कार्यक्रम गरेको छ । चालकका लागि निःशुल्क चेकजाँच, बजारमा जेब्रा क्रसिङसमेत बनाएको छ तर पनि जिल्लामा सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् ।

दाङमा गएको आर्थिक वर्ष २०७८/०७९ मा दुई सय तीन सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दुर्घटनामा परी एक सय ९५ गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई सय ८२ सवारी साधन संलग्न रहेका छन् । तीमध्ये सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल एक सय ३८, बस २७, ट्र्याक्टर १६, जीप तथा कार ३२ रहेका छन् ।

त्यस्तै टेम्पो तथा अटोरिक्सा १८, ट्रक १७, टिपर १२, माइक्रोबस दुई, साइकल १९, डोजर १२ वटा रहेका छन् । दुर्घटनाको अनुसन्धान गर्दा सबैभन्दा बढी तीव्र गतिबाट एक सय ४४, मादक पदार्थ सेवन गरी गाडी चलाउँदा २३, चालकको लापर्बाहीबाट १५, यात्रुगल्ती चार, सडकको अवस्थाका कारण तीन, यान्त्रिक गडबडी सात, उछिन्दा दुई, मौसमका कारण एक रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा २७९ वटा दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं समाजसेवी विमल रिजालले दुर्घटना न्यूनीकरणका लागि चालक गम्भीर बन्नुपर्ने बताउँछन् । उनले जिल्लामा धेरै दुर्घटना चालकको लापर्बाहीका कारण हुने गरेको भन्दै उनीहरुलाई संवेदनशील हुन आग्रह गरे ।

रिजालले बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, तीव्रगतिमा गाडी चलाउने र आफ्ना सवारी साधन दुरुस्त अवस्था नराख्नेलगायतका कारणले दुर्घटना बढिरहेको बताए ।

क वर्षमा दुई करोड ६३ लाख राजस्व सङ्कलन

ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७८र०७९ मा ट्राफिक नियम पालना नगर्ने ४२ हजार चार सय तीन वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ । उक्त सवारी साधनलाई कारबाही गर्दा रु दुई करोड ६३ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । सो अवधिमा १५ हजार ९६ मोटरसाइकल कारबाहीमा परेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ८ : १० बजे

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

 काठमाडौं – महोत्तरी लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा

साप्ताहिक अर्थसंक्षेप : गर्भनरलाई गालीको वर्षा, ८१ अंकले घट्यो नेप्से र ८ महिनाको विकास खर्च २३ प्रतिशत

काठमाडौं– अघिल्लो साता सोमबारबाट निरन्तर घटेको शेयर बजारले यो साताको

विद्युत् नियमन आयोग सदस्यद्वारा शपथ

काठमाडौं– विद्युत् नियमन आयोगकी सदस्य भागीरथी भट्टराई ज्ञवालीले शपथग्रहण गरेकी

पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने

काठमाडौं– विगत दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोतृशाला आगामी

मलंगवामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

मलंगवा– जिल्लाको मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४, मा एम्बुलेन्सल ठक्कर दिँदा एक पैदलयात्रीको