रथयात्रामा स्वास्थ्य मापदण्ड पालना गर्न मुख्यमन्त्री राईको आग्रह | Khabarhub Khabarhub

रथयात्रामा स्वास्थ्य मापदण्ड पालना गर्न मुख्यमन्त्री राईको आग्रह


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

 विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ । उक्त रथयात्रामा लाखौँका सङ्ख्यामा नेपाल र भारतका भक्तजन सहभागी हुने गर्छन् । प्रदेशको धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको रथयात्रा यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उनले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज रथयात्रा तथा सञ्चालन हुने स्थानका बारे जानकारी लिएपछि मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुने गरी रथयात्राको व्यवस्थापन गर्न आग्रह गरे । 

यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गर्दै झाँकीबाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ । छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश नं १ प्रमुखसहित मोरङ जिल्लास्थित सुरक्षा अधिकारी उपस्थिति रहेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १० : २५ बजे

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले