दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियान सुरु

देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंहदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो ।

सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले त्यसको सुरुआत गरेका हुन् ।

२. सहकारी संस्थालाई एक साताभित्र वित्तीय अवस्था सार्वजनिक गर्न निर्देशन

सहकारी विभागले घाटामा सञ्चालित सहकारी संस्थाहरूले नाफामा सञ्चालन नहुन्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोषको रकम वितरण नगर्न निर्देशन दिएको छ ।

विभागले सञ्चालकहरुको सुविधा कटौती गर्ने, मितव्ययिता अपनाएर निश्चित प्रतिशतले प्रशासनिक खर्च घटाउने, बिना योजना खोलिएका र घाटामा चलेका शाखा वा सेवा केन्द्रहरू बन्द गर्ने उपायहरू अवलम्बन गर्न पनि सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।

विभागले सहकारीलाई दीर्घकालीन स्रोत सुतिश्चित नगरी कर्जा लगानी नगर्न समेत चेतावनी दिएको छ ।

३. महाभियोगमाथि अध्ययन सुरु

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु भएको छ । सिंहदरबारमा महाअभियोग सिफारिस समितिको जारी पहिलो बैठकले महाअभियोग बारे अध्ययन सुरु गरेको हो ।

समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको बैठकले कार्यविधि तयार गर्नुहुने छ  । यसैबीच नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया समयमै अघि नबढाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

४. गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैनः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन्  । गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

अध्यक्ष थापाले आज सामाजिक सञ्जाल मार्फत धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्न गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको बताएका हुन् ।

गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता भएको उनको भनाई छ ।

५. विश्वप्रकाश झापा बाटै निर्वाचन लड्ने

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् । काठमाडौं ५ बाट निर्वाचन लड्ने चर्चा भएपछि शर्माले ट्वीट गरेर झापाबाटै उम्मेदवार  दिने  बताएका हुन् ।

उनले ट्वीटरमा काठमाडौँ ५ मा चुनाव प्रचारमा पुग्ने भएपनि उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का साथीलाई साथमा लिएर झापामै उम्मेदवार बन्ने उल्लेख गरेका छन् ।

६. जसपाको राजनीतिक समितिको बैठक बस्दै

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । ललितपुरको बालकुमारीमा आज दिउँसो  बस्ने बैठक भोलि सम्म चल्नेछ ।

पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूची रहेको राजनीतिक समितिका सदस्य मनिकर कार्कीले बताए ।

७. सल्लाहकारमा डा. शालिकराम  नियुक्त 

अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको उपनिर्देशक रहेका डा. पोखरेललाई अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काजमा मन्त्रालय तानिएको हो ।

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल आजदेखि मन्त्रालयमा खटिएका छन्  ।  उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउनेछन् ।

८. फोहोरको गाडी सिसडोलमै अड्किए

काठमाडौंको फोहोर बोकेर गएका गाडी सिसडोल पुगेर रोकिएका छन् । काठमाडौंबाट फोहोर लोड गरेर गएका २ सय भन्दा धेरै गाडी सिसडोल पुगेर अड्कीएका हुन् ।

बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध भएकोले प्रहरी आइसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने तयारी भैरहेको काठमाडौं महानगरले जनाएको छ ।

प्रहरी विना फोहोरको गाडी बन्चरे पुर्‍याउन गाह्रो परेकोले प्रहरी आएपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

९. तीन उच्च पदस्थबीच भेटवार्ता हुन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानसँग भेटवार्ता गर्ने भएका छन् ।

तीन उच्च पदस्थबीच  युक्रेनको पश्चिमी शहर एलभिवम यसै साता  भेटवार्ता हुने लागेको महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकलाई उद्धृत गर्दै युक्रेनी समाचार समितिले जानकारी दिएको हो  । सो भेटवार्ता युक्रेनको विषयमा  नै  केन्द्रित हुने भएको छ ।

बिहीबार हुन लागेको सो भेटवार्ताको एजेण्डाका बारेमा भने केही जानकारी दिइएको छैन ।

१०. एसिया कप क्रिकेटका लागि टोली घोषणा 

अफगानिस्तानले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ  । मोहम्मद नावीको कप्तानीमा अफगानिस्तानले १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप अगस्ट २७ बाट सुरु हुँदै

अफगानिस्तान समूह ’बी’ मा रहेको छ । यस समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन्एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको छ  ।

समूह ’ए’ मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् ।

 


प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १ : ३७ बजे

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं– चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको

सेनाको बर्दीमै युद्धग्रस्त कुर्स्क क्षेत्र पुगे राष्ट्रपति पुटिन

काठमाडौं- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका

उम्मेदवारी फिर्ता लिन चाहनेलाई आजसम्मको समय 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन चैत ५ गते हुने

कालिकोटमा कुटपिटबाट एक जनाको मृत्यु, अर्का घाइते

सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिका १० चौकीमा भएको कुटपिटबाट एक जनाको

होलीमा यसरी रंगिए विदेशी पर्यटक (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको वसन्तपुरमा विदेशी पर्यटकहरूले पनि होली पर्व मनाएका छन्