मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ : मन्त्री कार्की « Khabarhub

मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ : मन्त्री कार्की


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्।

सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज यहाँ आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई/शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताए।

उनले भने, “नेपाल सम्भावना भएको मुलुक हो, यहाँ जलस्रोत, पर्यटन, कृषिमा प्रचुर सम्भावना छ, त्यसको भरपुर उपयोग गरेर मुलुकलाई आगामी १० वर्षभित्रमा समृद्ध मुलुकका रूपमा विकास गर्दै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई स्वदेशमै रोजगार बनाउने हाम्रो योजना छ  ।”

मन्त्री कार्कीले विकास, सेवा प्रवाह र जनगुनासो सम्बोधन गर्दै परिणाम आउने गरी जनताको पक्षमा काम गर्न नेपाली कांग्रेस पार्टीबाट नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिए।  उनले भने, “जनताको मन नजितीकन प्रतिनिधि हुन सकिँदैन, तपाईंहरुले निर्वाचनको समयमा जनतासामु गर्नुभएको वाचा पूरा गर्नुपर्छ, त्यसका लागि सीमित स्रोत/साधनबीच योजना बनाएर प्राथमिकताका आधारमा काम गर्नुपर्ने हुन्छ, त्यसतर्फ ध्यान केन्द्रित गर्नुहोस् ।”

मन्त्री कार्कीले सूचना, सञ्चार र प्रविधिको विकासले संसार गाउँमा परिणत भइसकेको उल्लेख गर्दै सञ्चार प्रविधिको अधिकतम प्रयोग गरेर मुलुकको समग्र विकास गर्नुपर्नेमा जोड दिए।

फाउन्डेशनका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद रमेशजङ्ग रायमाझीले फाउन्डेशनले भट्टराईका नामबाट विराटनगरमा  विद्यालय स्थापना गर्ने योजना तयार गरेको बताए।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  २ : २६ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई