उत्तर कोरियाद्वारा दुई क्रुज मिसाइल प्रहार | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा दुई क्रुज मिसाइल प्रहार


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । ‘आज बिहान उत्तर कोरियाले ओन्चोन क्षेत्रबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तरको मिसाइल प्रहारबारे विस्तृत विवरणहरूको विश्लेषण गरिरहेका पनि जनाएका छन् ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक उत्तर कोरियाले जुलाई १० मा हतियार परीक्षण गरेको थियो ।

उत्तर कोरियाले पछिल्ला केही महिनायता अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलसहित प्रतिबन्धित हतियार परीक्षणलाई तीव्रता दिएको जनाइएको छ । विश्वबाटै एक्लिएको उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षणबारे योजना बनाइरहेको विश्वास गरिन्छ ।

यस हप्ताको सुरुमा दक्षिण कोरियाली र अमेरिकी सेनाले वार्षिक संयुक्त सैन्य अभ्यासअघि नै प्रारम्भिक अभ्यास सुरु गरेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ३ : ५२ बजे

करको दायरा बढाउन माग

गण्डकी– पोखराका उद्योगी व्यवसायीले करको दर नभई दायरा बढाउन पोखरा

सुरौदी जलाधार : पुल नहुँदा जोखिम, उब्जाउयोग्य जमिन कटान 

गण्डकी– गण्डकी प्रदेशको कास्की, स्याङ्जा र तनहुँ जिल्लाका भूभागहरू समेटेर

जैमिनी पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा

बागलुङ– जैमिनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

चट्याङ लागेर बालकको मृत्यु

उदयपुर– उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको

बालीनालीमा  छरेको विषादीले  मौरी मासिँदै

पाल्पा- घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार