नेप्से झिनो अङ्कले ओरालो | Khabarhub Khabarhub

नेप्से झिनो अङ्कले ओरालो


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलव ७० मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव ६७ मा पुगेको छ । कुल दुई सय २० कम्पनीको ३४ लाख ९७ हजार आठ सय ८१ कित्ता शेयर रु एक अर्ब ४० करोड ५९ लाख ७४ हजार दुई सय ५६ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ तीन दशमलव ७५, व्यापार तीन दशमलव ८४, होटेल तथा पर्यटन शून्य दशमलव १८, अन्य तीन दशमलव ४२, जीवन बीमा ४५ दशमलव ३३ र लगानी शून्य दशमलव १३ अङ्कले ओरालो लागेको छ ।

यस्तै, विकास बैंक २२ दशमलव ३२, जलविद्युत् १६ दशमलव ३२, वित्त सात दशमलव ८९, निर्जीवन बीमा ३३ दशमलव शून्य आठ, उत्पादन दुई दशमलव ५२, लघुवित्त तीन दशमलव शून्य नौ, सामूहिक लगानी कोष शून्य दशमलव शून्य पाँच अङ्कले उकालो लागेको छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १४ अर्ब १६ करोड ८४ लाख ३९ हजार ४४ बराबर छ ।

कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १८ करोड ४३ लाख ११ हजार  आठ सय ९८ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु छ करोड ९० लाख ५० हजार दुई सय २९, नबिल बैंक रु चार करोड २६ लाख ६५ हजार ७९, आइसिएफसी फाइनान्स रु तीन करोड ६५ लाख ५६ हजार तीन सय ३७ र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ३३ लाख १४ हजार एक सय ४१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार कमाउनेमा अधिकांश जलविद्युत् कम्पनीका लगानीकर्ता छन् । श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मन्दाकिनी हाइड्रोपावर नौ दशमलव ९९, अप्पर हेवा खोला हाइड्रोपावर नौ दशमलव ९९, अप्पर सोलु हाइड्रोपावर नौ दशमलव ९८ र सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

यस्तै, सामलिङ पावर कम्पनी पाँच दशमलव १४, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव शून्य पाँच, सिङ्गटी हाइड्रोपावर तीन दशमलव ६४, सबैको लघुवित्त तीन दशमलव २५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले दुई दशमलव २३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ४ : १७ बजे

व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था

सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको

संघीय धर्मनिरपेक्ष गणतन्त्र रहिरहे देश टाट पल्टिन्छ : महामन्त्री बर्तौला  

 काठमाडौं– राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा अहिलेको संघीय धर्मनिरपेक्ष

हङकङका व्यवसायीले मागे रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग

प्रतिनिधिसभा : १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० मन्त्रालयका लागि विनियोजित विभिन्न