लागूऔषधजन्य आतंकवादको जोखिम बढ्यो « Khabarhub

लागूऔषधजन्य आतंकवादको जोखिम बढ्यो


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर लागूऔषधजन्य अतंकवादको जोखिम बढेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको आपूर्ति श्रृङ्खलामा अफगानिस्तान, पाकिस्तानजस्ता मुलुकको भूमिका, क्षेत्रीय आतंकवाद र धार्मिक अतिवादका कारण लागूऔषधजन्य आतंकवादको जोखिम बढेको पाइएको हो ।

इण्डोनेशियाबाट प्रकाशित हुने जकार्ता टाइम्सले जनाएअनुसार अफगानिस्तान र पाकिस्तान सीमा क्षेत्रमा जारी लागूऔषध तस्करी रोक्न दुबै मुलुकका प्रशासनले संघर्ष गरिरहेका छन् ।

यसबाहेक लागूऔषधको तस्करीले सो क्षेत्रमा सामाजिक एवम् कानूनी समस्या समेत देखा परेको जनइएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले शासन कब्जा गरेसँगै संसारमै सबैभन्दा धेरै अफिम उत्पादन गर्ने मुलुक अफगानिस्तानको अवस्थालाई लिएर चिन्ताहरु उत्पन्न हुँदै आएका छन् ।

अफगानिस्तानमा पूर्ववर्ती शासन ढलेसँगै विदेशमा रहेको पैसा रोक्का भएकाले अफिमलाई तालिबानले आयको स्रोतको रुपमा प्रयोग गर्नसक्ने बताइएको छ ।

सन् २०१९ मा अफिम उत्पादनले अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनको ७ देखि ११ प्रतिशत हिस्सा ओगटेको थियो । पछिल्लो समय उक्त मुलुकमा उत्पन्न अस्थिरताले लागूऔषधको उत्पादन एवम् व्यापार ह्वात्तै बढेको जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हालै उत्तर एटलान्टिक सन्धी संगठन नेटोले सार्वजनिक गरेको प्रतिवेदनमा अफगानिस्तानमा उत्पादन हुने लागूऔषध विश्वका ८४ प्रतिशत मुलुक पुग्ने गरेको उल्लेख छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ३९ बजे

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले

चितवनमा हात्तीको वनभोज (तस्बिरहरू)

चितवन– विद्यार्थी, युवा–युवती वा अन्य उमेर समूहका मानिस एकजुट भएर वनभोज

अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान

एजेन्सी– पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन