लागूऔषधजन्य आतंकवादको जोखिम बढ्यो | Khabarhub Khabarhub

लागूऔषधजन्य आतंकवादको जोखिम बढ्यो


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर लागूऔषधजन्य अतंकवादको जोखिम बढेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लागूऔषधको आपूर्ति श्रृङ्खलामा अफगानिस्तान, पाकिस्तानजस्ता मुलुकको भूमिका, क्षेत्रीय आतंकवाद र धार्मिक अतिवादका कारण लागूऔषधजन्य आतंकवादको जोखिम बढेको पाइएको हो ।

इण्डोनेशियाबाट प्रकाशित हुने जकार्ता टाइम्सले जनाएअनुसार अफगानिस्तान र पाकिस्तान सीमा क्षेत्रमा जारी लागूऔषध तस्करी रोक्न दुबै मुलुकका प्रशासनले संघर्ष गरिरहेका छन् ।

यसबाहेक लागूऔषधको तस्करीले सो क्षेत्रमा सामाजिक एवम् कानूनी समस्या समेत देखा परेको जनइएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले शासन कब्जा गरेसँगै संसारमै सबैभन्दा धेरै अफिम उत्पादन गर्ने मुलुक अफगानिस्तानको अवस्थालाई लिएर चिन्ताहरु उत्पन्न हुँदै आएका छन् ।

अफगानिस्तानमा पूर्ववर्ती शासन ढलेसँगै विदेशमा रहेको पैसा रोक्का भएकाले अफिमलाई तालिबानले आयको स्रोतको रुपमा प्रयोग गर्नसक्ने बताइएको छ ।

सन् २०१९ मा अफिम उत्पादनले अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनको ७ देखि ११ प्रतिशत हिस्सा ओगटेको थियो । पछिल्लो समय उक्त मुलुकमा उत्पन्न अस्थिरताले लागूऔषधको उत्पादन एवम् व्यापार ह्वात्तै बढेको जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हालै उत्तर एटलान्टिक सन्धी संगठन नेटोले सार्वजनिक गरेको प्रतिवेदनमा अफगानिस्तानमा उत्पादन हुने लागूऔषध विश्वका ८४ प्रतिशत मुलुक पुग्ने गरेको उल्लेख छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ३९ बजे

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने

सिराहामा खैरो हेरोइनसहित एक युवक पक्राउ

सिरहा – यहाँको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले खैरो