मोटरसाइकल चोरी गरेको आरोपमा एक युवा पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरी गरेको आरोपमा एक युवा पक्राउ


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले काठमाडौँ सिफलका रमोद ठाकुर लोहारको गत वैशाख २६ गते नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने पोखराका २४ वर्षीय अमर सुनारलाई आज पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कालो रङको पल्सर मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाउँदै गरेको अवस्थामा सुनारलाई पकनाजोलबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ सुनारले वास्तविक नम्बर बागमती प्रदेश ०२–०१५ प ८२१८ नम्बरलाई परिवर्तन गरी प्रदेश ०२–०२० प ३९६८ नम्बर बनाएर चलाएको फेला परेको प्रवक्ता भट्टले बताए । ट्राफिक प्रहरीले पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ९ : ४५ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को