विश्व इतिहासमा आज : मंगलको उपग्रह फेलादेखि रुसी स्पेसक्राफ्ट चन्द्रमामा अवतरणसम्म  « Khabarhub

विश्व इतिहासमा आज : मंगलको उपग्रह फेलादेखि रुसी स्पेसक्राफ्ट चन्द्रमामा अवतरणसम्म 


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ २ गते बिहीबार । सन् २०२२ को अगस्ट १८ तारिख । आजको दिन इतिहासमा भएका केही मुख्य घटनाक्रम यस्ता छन् ।

सन् २०११ अगस्ट १७ मा सुनको मूल्य प्रति औंस १ हजार ८२६ अमेरिकी डलर पुगेको थियो ।

सन् २०१० अगस्ट १८ मा न्यूभो लियोनस्थित स्यान्टियागोको मेयर एडेलमिरो काभाजोस अपहरण भएको ३ दिनपश्चात् कालो पट्टी र हतकड्डी लगाइएको अवस्थामा मृत फेला परेका थिए ।

सन् २००५ अगस्ट १८ इन्डोनेसियाको जाभा र बाली टापुको अधिकांश क्षेत्रमा आकस्मिक विद्युत् कटौती भएको थियो । सो कटौतीले करिब एक करोड मानिसलाई असर परेको थियो । ६ घण्टापश्चात् विद्युत् सेवा पुनः सुचारु भएको थियो ।

सन् १९९३ अगस्ट १७ मा स्वीट्जरल्याण्डको लुसर्नमा भएको ऐतिहासिक च्यापल ब्रिजमा आगलागी हुँदा १४७ सजावटी चित्रहरु नष्ट भएका थिए । सन् १३६५ मा च्यापल ब्रिजको निर्माण भएको थियो ।

सन् १९९२ अगस्ट १८ मा हत्यारा डेनिस राडरले लगातार १० जन्म कैदको सजाय पाएका थिए । कान्सासको विचिटामा मृत्यु दण्डको कानुन नभएका कारण न्यायाधीश ग्रेगरी वालरले राडरलाई सन् १९७४ र सन् १९९१ को बीचमा १० जना मानिसको हत्यारा ठहर गर्दै सजाय दिएका थिए ।

सन् १९८७ अगस्ट १८ मा ओहियोकी नर्स डोनाल्ड हार्भेलाई २५ बिरामीलाई बिख दिएको पुष्टी भएसँगै ८० वर्षको कैद सजाय सुनाइएको थियो ।

सन् १९७६ अगस्ट १८ मा रुसी स्पेसक्राफ्ट लुना-२४ चन्द्रमामा अवतरण भएको थियो ।

सन् १९५८ अगस्ट १८ मा रुसी–अमेरिकी उपन्यासकार भ्लादिमिर नाबाकोभको विवादास्पद उपन्यास लोलिता प्रकाशन भएको थियो । ‘बेस्टसेलर’ बनेको सो उपन्यासले नाबाकोभलाई क्याम्पस प्रोफेसरको जागिर छोड्न सहज बनायो ।

सन् १९२० अगस्ट १८ मा टेनेसी १९औँ संशोधन अनुमोदन गर्ने ३६औँ प्रान्त बन्यो । सो अनुमोदनले महिलाको मताधिकार सुनिश्चित गरेको थियो ।

सन् १८७७ अगस्ट १८ मा अमेरिकी खगोलविद् असाफ हलले मंगल ग्रहको उपग्रह ‘फोबोस’ पत्ता लगाएका थिए । फोबोस सौर्य मण्डलमा नै आफ्नो ग्रहलाई सबैभन्दा छिटो परिक्रमा गर्ने उपग्रहको रुपमा परिचित छ । फोबोसलाई एक परिक्रमा पुरा गर्न ७ घण्टा ३९ मिनेट लाग्छ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : ४४ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई