वर्ल्ड कपमा नेपालीको प्रदर्शनी स्टल रहने  | Khabarhub Khabarhub

वर्ल्ड कपमा नेपालीको प्रदर्शनी स्टल रहने 

कतारको इस्लामिक म्युजियम पार्कमा नेपाली समुदायले पनि कार्यक्रम गर्न पाउने



दोहा – कतारको इस्लामिक म्युजियम पार्कमा नेपाली समुदायले पनि कार्यक्रम गर्न पाउने भएका छन् । आगामी २० नोभेमबरदेखि १८ डिसेम्बर २०२२ सम्म आयोजना हुने बहुप्रतिक्षित फिफा वर्ल्ड कप २०२२ लाई सफल बनाउन आप्रवासी समुदायहरुको विशेष प्रस्तुति रहनेछ ।

विश्वभरिबाट फिफा वर्ल्ड कप प्रतियोगिता हेर्न आउने दर्शकहरूको मनोरञ्जनका लागि कतार सरकारको विभिन्न निकायद्वारा गरिने वर्ल्ड कप विशेष कार्यक्रम अन्तर्गत कतार इस्लामिक म्युजियमद्वारा एमआईए पार्कमा फिफा वर्ल्ड कप अवधिभर कतारस्थित नेपाली लगायत अन्य आप्रवासी समुदायहरुको विशेष प्रस्तुति रहने गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।

अध्यक्ष मुसलमानका अनुसार बुधबार नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराई र नेपाली समुदायको तर्फबाट एनआरएनए कतारले एमआईएका डेप्युटी डाईरेक्टेर सालेम अब्दुल्ला एम अल अवादसँग अन्तिम बैठक सम्पन्न गरेको बताए ।

आगामी ४ अक्टोबरदेखि १८ डिसेम्बर, २०२२ सम्म उक्त क्षेत्रमा नेपाली राष्ट्रिय झन्डा फहराउँदै नेपाली समुदायको एउटा प्रदर्शनी स्टल रहने उनले बताए । आप्रवासी समुदायको लागि तयार पारिएको स्टेजमा नेपाली समुदायको विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहनेछ ।

‘प्रतिष्ठित फिफा वर्ल्ड कप २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायलाई पनि सहभागी बन्ने अवसर प्रदान गर्ने कतार सरकार र यसका लागि समन्वयमा सहजीकरण गर्ने नेपाली दूतावास प्रति एनआरएनए कतारले आभार प्रकट गर्दछ’ उनले भनेका छन्।’

२० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : ५७ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको