मुगुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पठायो विशेषज्ञ « Khabarhub

मुगुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पठायो विशेषज्ञ


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ ।

विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए।

डा रावलले भने, ‘अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकप्टरबाट बाहिर पठाउनु पर्‍यो । यही समस्या समाधानका लागि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी, स्वास्थ्य सचिव डा रोशन पोख्रेल, प्रजिअ रोमबहादुर महतलगायतको पहलमा बुधबार डा सुरेन्द्र शाक्यलाई पठाएर सेवा दिन थालिएको छ ।’

डा शाक्यको उपस्थितिले आकस्मिक र जटिल खालका रोगको उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने सङ्कट हट्ने उनले बताए । उपकुलपति डा रावलका अनुसार प्रतिष्ठानका बायोमेडिकल इञ्जिनियर अर्जुन सिंह नेतृत्वको टोलीले बुधबार नै जिल्ला अस्पतालका सम्पूर्ण उपकरण मर्मतसम्भार थालेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १० : १२ बजे

रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने

नेपाल– चीन सिमामा पर्ने लेहेन्दे खोलामा आएको बाढीका कारण ठप्प

वर्षाले क्षतिग्रस्त इलामका सडक मर्मत–पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौं–  गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका

नेपाल प्रहरीद्वारा मङ्सिरमा ४० करोड राजस्व संकलन

काठमाडौं– नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा

महारानीथान-छाप-डाडाखेत-ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय

ट्रमा सेन्टरको प्रमुख मेसुमा डा. मरासिनी नियुक्त 

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिक सुपरिटेण्डेण्टमा डा. रुद्र मरासिनी