काबुलको मस्जिदमा गराइएको बम आक्रमणको तालिबानद्वारा निन्दा « Khabarhub

काबुलको मस्जिदमा गराइएको बम आक्रमणको तालिबानद्वारा निन्दा


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको बम आक्रमणको निन्दा गरेको छ ।

अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिनमा भएको बम विस्फोटमा परी २१ जनाको ज्यान गएको छ । बुधबार साँझ प्रार्थनाका क्रममा गराइएको सो विस्फेटमा परी अरु ४० घाइते भएका काबुलका सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।

अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय दिइने इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहउल्लाह मुजाहिदले एक ट्वीटमार्फत बताएका अफगानिस्तानबाट प्रसारण हुने टोलो न्युज समाचार च्यानलले जनाएको छ ।

साँझको प्रार्थनाका समयमा सो मस्जिदको परिसरमा सो भएको आक्राणबाट घाइते भएका ४० जनालाई अस्पताल पु¥याइएको जनाइएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने समेत अनुमान गरिएको छ ।

तालिबानले अफगानिस्तानमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि इस्लामिक स्टेटले देशभरि सर्वसाधारण र प्रहरीमाथि आक्रमण जारी राखेको छ ।

अफगानिस्तानका स्थानीय समाचार संस्थाहरुका अनुसार तालिबानले हताहतीबारे कुनै वक्तव्य जारी गरेको छैन । विस्फोटको अहिलेसम्म कुनै पनि आतङ्कवादी समूहले जिम्मेवारी लिएको छैन । यस आक्रमणमा मारिनेमा अमिर मोहम्मद काबुली नामका एक शीर्ष इस्लामिक धर्मगुरु पनि छन् ।

दुई साताअघि काबुलमा भएका दुईवटा घातक विस्फोटमा दश जनाको मृत्यु हुनुको साथै ४० जना घाइते भएका थिए । आतङ्कवादी संगठन इस्लामिक स्टेटले दुबै आक्रमणको जिम्मेवारी लिएको थियो ।

अफगानिस्तानमा तालिबान शासनको एक वर्षको पुगेको यस अवधिमा आक्रमण भएको छ । प्रत्यक्षदर्शीहरुले सो आक्रमण आत्मघातीहरुले गराएका बताएका छन् ।

यसैबीच, अधिकार समूहहरूले तालिबानले मानवअधिकार र महिला अधिकारको सम्मान गर्ने धेरै प्रतिज्ञाहरू तोडेको बताएका छन् ।

न्यूयोर्कमा रहेको अधिकार समूहले आफ्नो प्रतिवेदनमा तालिबान गरेको मानवअधिकार उल्लघङ्नको व्यापक निन्दा गरेको र देशको डरलाग्दो मानवीय अवस्थालाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई अवरोध गरेको बताएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ४ : ५४ बजे

सर्वदलीय बैठकबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी