‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ संशोधन गर्नुपर्ने माग « Khabarhub

‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ संशोधन गर्नुपर्ने माग


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भेटेरेनरी एशोसिएशनले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’ मा भएका त्रुटिहरू संशोधन गर्नुपर्ने माग गरेको छ । एशोसिएशनले आज पत्रकार सम्मेलन गरी गत साउन ३१ गते संसद्ले पारित गरेको सो विधेयकमा भएका त्रुटिहरू संशोधन गरेर मात्र अघि बढाउनुपर्ने माग गरेको हो ।

एशोसिएशनका कार्यवाहक अध्यक्ष प्रा डा कृष्णभक्त काफ्लेले आफूहरूले उठाएका मागप्रति वेवास्ता गर्दै संसद्मा उक्त विधेयक पेश गरेर पारित गरिएको भन्दै संशोधन गर्नुपर्ने माग गरे । उनले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले समेत आफूहरूले उठाएका न्यूनतम जायज मागलाई बेवास्ता गरेको गुनासो गरे । गत साउन २२ मा प्रतिनिधिसभामा उक्त विधेयक पेश भएको थियो ।

पशु स्वास्थ्य पशुसँग मात्र नभई मानिससँग पनि जोडिएकाले त्यसले विभिन्न प्रकोप, रोगव्याधी ल्याउन सक्ने उनको भनाइ थियो । एशोसिएसनले आफ्नो माग पूरा नभए सङ्घर्ष गर्ने पनि जनाएको छ । सङ्घर्षका कार्यक्रमअन्तर्गत भदौ ३, ४ र ५ गते काठमाडौँ केन्द्रित भेला गर्ने, अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने, प्रदेश समितिले तोकेको मितिमा प्रदेश भेला गर्ने, भेटेरेनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिइभिटी र शिक्षा विभागअन्तर्गतका स्कुलहरूमा अनिश्चितकालीनरूपमा अध्ययन–अध्यापन बन्द गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ६ : ३२ बजे

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको

पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै

काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३