गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली | Khabarhub Khabarhub

गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन्।

आजै गृह जिल्ला झापा आइपुगेका उनले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताएका हुन्।

उनले एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन दिए।

तीन दिन झापामै रहने

अध्यक्ष ओली आज दिउँसो गृह जिल्ला झापा आएका हुन् । उनी तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहने बताइएको छ । तीन साताअघि पनि उनी चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर राजधानी फर्किएका थिए ।

उनले संसदीय क्षेत्रका प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : ०० बजे

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा