‘कृष्ण भगवानप्रतिको श्रद्धाले हिंसाको सोच हराउँछ’ : गृहमन्त्री खाण « Khabarhub

‘कृष्ण भगवानप्रतिको श्रद्धाले हिंसाको सोच हराउँछ’ : गृहमन्त्री खाण


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– गृहमन्त्री बालकृष्ण खाणले श्रीकृष्ण भगवानले संसारमा बढ्दै गइरहेको हिंसाको निराकरण गरी शान्ति र सद्भाव कायम गर्ने आशीर्वाद प्रदान गरुन् भनेका छन् । 

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र ज्ञान विज्ञान भवन सातदोबाटोद्वारा आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आयोजित ‘चैतन्य झाँकी एवं प्रवचन’ कार्यक्रममा उनले विश्वमा कृष्ण भगवानप्रति श्रद्धा बढेमा कुनै पनि नागरिकमा हिंसाको सोच नआउने भनाइ राखे। हरेक मानिसले आफ्नो चित्त शान्ति गरी ईश्वरीय शक्तिमा समर्पित हुँदा सकारात्मक ऊर्जा प्राप्त हुनाका साथै मन स्थिर हुने र बानी व्यवहारमा परिवर्तन हुने उनले दाबी गरे । 

विश्वशान्तिका लागि सेवाकेन्द्रका दिदीबहिनीले योगदान गरिरहेकोमा गृहमन्त्री खाणले प्रशंसा गरे ।  उक्त अवसरमा मन्त्री खाणसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उक्त कार्यक्रममा राधाकृष्णको रूप धारण गरी बसेका बालबालिकालाई दही खुवाएका थिए । कार्यक्रममा कृष्ण सुदामाको गीति नाटक प्रदर्शन गरिएको थियो ।

सेवाकेन्द्रका मुख्य सञ्चालिका ब्रह्माकुमारी कुमारीले गृहमन्त्री खाणलाई सम्मान प्रदान गरेका थिए । 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १ : ०४ बजे

विश्वकै प्रदूषित शहरको पहिलो स्थानमा काठमाडौं 

काठमाडौं– काठमाडौं आज विश्वकै वायु प्रदूषित शहरको पहिलो स्थानमा परेको

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ

गण्डकी– कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा

कार्टुन

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती

नेपाली नागरिकता त्याग्ने १७ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको

सुकुम्बासीको नाममा सयौँ टहरा भएको काठमाडौंबाट मात्र २३ जनाले दिएका छन् निवेदन

काठमाडौं– सुकुम्बासीको नाममा सयौं टहरा भएको काठमाडौंबाट जम्मा २३ जनाले