चुनावी तयारीस्वरूप जसपाको बैठक | Khabarhub Khabarhub

चुनावी तयारीस्वरूप जसपाको बैठक


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरूप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ ।

जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न संगठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति सदस्य डा सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

नेता यादवले भने, ‘नजिकिएको चुनावका लागि पार्टीले तय गरेको कार्यक्रम, टिकटको सिफारिस कुन मितिमा कहाँबाट गर्ने हो कहिलेसम्म वितरण गर्ने, उम्मेदवारको मापदण्ड आदि विषयमा छलफल भइरहेको छ । बैठक आजै टुङ्गिन्छ ।’

बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि छलफल भइरहेको छ । निर्वाचनमा उम्मेदवारको मापदण्ड, चयन गर्ने प्रक्रिया, विभिन्न विभाग गठन, प्रदेश तथा विभिन्न राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज चयन लगायतका प्रस्तावमाथि नेताहरूले धारणा राखिरहेका छन् । 

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)जसपाबीच गठबन्धनको सम्भावना, पाँच दलीय गठबन्धनमा निर्वाचनमा जसपाको सम्भावित अवस्थाबारे पनि नेताहरूले धारणा राखेको जसपाले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ३ : २१ बजे

कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै

काठमाडौं– नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दैछ । अभियानको केन्द्रीय

‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा

मकवानपुर– हेटौँडा उपमहानगरपालिकाका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको

सोमबार हुने शान्ति वार्तामा इजरायली प्रतिनिधिमण्डल दोहा जाने

काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विरामका लागि वार्ता

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

बार्सिलोनाका टिम डाक्टरको निधनले खेल रुद्ध

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार निर्धारित ओसासुनासँगको खेल रुद्ध