भारतमा १५ हजार सात सय ५४ जना कोरोना भाइरस सङ्क्रमित थपिए, ३० जनाको मृत्यु | Khabarhub Khabarhub

भारतमा १५ हजार सात सय ५४ जना कोरोना भाइरस सङ्क्रमित थपिए, ३० जनाको मृत्यु


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा थप १५ हजार सात सय ५४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख १४ हजार छ सय १८ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ३० जना रहेका छन् ।

गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार दुई सय ५३ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ८५ हजार पाँच सय ३५ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब नौ करोड २७ लाख ३२ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ५ : ११ बजे

आईसीसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र अमेरिका खेल्ने

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा आज

माओवादी सचिवालय बैठक बस्दै, एकीकृत समाजवादीसँग एकताबारे छलफल गर्ने 

काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दैछ

पानी पर्न रोकिए आइतबारदेखि नै लाइसेन्स छापिने

काठमाडौं- वि.स. २०८१ मा सुरक्षण मुद्रणसम्बन्धी ऐन लागू भएपछि सरकारले सरकारी

भारत–नेपाली स्टार्टअप नेटवर्क सुरु, नेपाली उद्यमीका लागि नयाँ अवसर

काठमाडौ‌– भारत र नेपालका स्टार्टअपबीचको सहकार्य सुदृढ गर्न नयाँ सीमापार

वर्षाका कारण किसानलाई धान भित्र्याउन समस्या

म्याग्दी– खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका