विश्व इतिहासमा आजः राजीव गान्धीको जन्मदेखि इराकी राजदूतवास कब्जासम्म « Khabarhub

विश्व इतिहासमा आजः राजीव गान्धीको जन्मदेखि इराकी राजदूतवास कब्जासम्म


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ ४ गते शनिबार। सन् २०२२ को अगस्ट २० तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्।

-सन् २००२ अगस्ट २० मा सद्दाम हुसेनको विरोधी इराकी समूहले बर्लिनमा भएको इराकी राजदूतावास कब्जा गरेको थियो। कब्जा गरेको ५ वर्षपश्चात बन्धकलाई छोडेर सो समूहले आत्मसमर्पण गरेको थियो।

-सन् १९९८ अगस्ट २० मा संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा भएको अल–कायदा समूहमाथि ‘क्रुज मिसाइल’ आक्रमण गरेको थियो। अगस्ट ७ मा केन्या र तान्जानियामा भएको अमेरिकी राजदूतावासमाथि बम विष्फोटको प्रतिशोधस्वरुप अमेरिकाले सो आक्रमण गरेको थियो।

-सन् १९९३ अगस्ट २० मा ओस्ला सम्झौता निष्कर्षमा पुगेको थियो। ओस्लोको फाफो संस्थानमा भएको इजरायल र प्यालेस्टाइन मुक्ति संगठनबीच भएको सो सम्झौता निष्कर्षमा पुग्यो।

-सन् १९९१ अगस्ट २० मा सोभियत यूनियनमा भएको कुको प्रयास पश्चात इस्टोनियाले यूएसएसआरबाट स्वतन्त्रताको घोषणा गरेको थियो।

सन् १९८८ अगस्ट २० मा सात वर्ष लामो चलेको इरान–इराकबीचको युद्ध अन्त्य भएको थियो। सन् १९८० सेप्टेम्बर २२ मा इराकले इरानलाई अतिक्रमण गरेसँगै सो युद्धको सुरुवात भएको थियो।

-सन् १९८६ अगस्ट २० मा एडमन्ड ओक्लामा आंशिक हुलाकी सेवामा संलग्न हुने प्याट्रिक शेरिलले २० सहकर्मीलाई गोली प्रहार गर्दा १४ जनाको मृत्यु भएको थियो। संयुक्त राज्य अमेरिकामा एक व्यक्तिले मच्चाएको यो पहिलो सामूहिक बन्दुक आतंक थियो।

-सन् १९७५ अगस्ट २० मा नासाले टाइटन प्रक्षेपण बाहनको प्रयोग गर्दै ‘भाइकिङ १’ प्रक्षेपण गरेको थियो। भाइकिङ १ मंगल ग्रहमा सफलतापूर्वक अवतरण हुने पहिलो अन्तरिक्ष यान बन्यो।
-सन् १९६० अगस्ट २० मा सेनेगल औपचारिक रुपमा स्वतन्त्र भयो। सेनेगल र माली भएको महासंघबाट पछि हटेसँगै सेनेगल स्वतन्त्र भयो।

-सन् १९४४ अगस्ट २० मा भारतीय राजनीतिज्ञ राजीव गान्धीको जन्म भएको थियो। भारतका छैटौं प्रधानमन्त्री बनेका गान्धीले सन् १९८४–१९८९ सम्म कार्यभार सम्हालेका थिए।

-सन् १९४० अगस्त २० मा मेक्सिकोको कायोआकानमा भएको लियोन ट्रोत्स्कीको घरमा एक स्टालिनवादीले उनको शिरमा बरफले बनेको बन्चरोले प्रहार गरेको थियो।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ६ : ३४ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल