विकासबाहेकका अरु स्वार्थ छैन वरिष्ठ- वरिष्ठ नेता पौडेल « Khabarhub

विकासबाहेकका अरु स्वार्थ छैन वरिष्ठ- वरिष्ठ नेता पौडेल


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् । 

तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको बताएका हुन् ।  जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यसका लागि आफू क्रियाशील रहेको बताए । 

मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने उनले बताए । संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउने उनले बताए । निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बताएका छन् ।

पौडेलले आजै भानु नगरपालिका–३ खहरे, भानु नगरपालिका–६ कटहरे, शेपाबगैंचा, भानु नगरपालिका–५ नारेश्वरटारलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : ५४ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट