बेंसीशहरमा १७औँ तीज उत्सव कार्यक्रम २०७९ हुने « Khabarhub

बेंसीशहरमा १७औँ तीज उत्सव कार्यक्रम २०७९ हुने


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हरितालिका तीजको अवसरमा लमजुङको बेँसीशहरमा १७ औँ तीज उत्सव कार्यक्रम २०७९  हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका साथ  तीज उत्सव आयोजना गर्न लागेको हो । क्लबले शनिबार  बेँसीसहरमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर  उत्सवबारे जानकारी गराएको हो ।  

क्लबका अध्यक्ष  जुन तामाङले हरेक वर्ष क्लबले विविध सांस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गदै आएकोमा यस वर्ष पनि तीज उत्सव गर्ने बताए । उनका अनुसार तीज उत्सव २०७९ लाई सफल बनाउन ७  वटा उपसमितिहरू गठन गरिएको छ ।  कार्यक्रमका लागि करिव ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तीज उत्सव १४ भदौ हरितालिका तीजको दिन बेंसीसहरस्थित फुलबारी मञ्चमा हुनेछ । 

उत्सवको अवसरमा  भदौ  ९, १० र ११  गते फूलबारी मञ्चमा सातौँ खुल्ला तथा चौथो प्रविणकुमार कायस्थ राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने लमजुङ मर्स्याङ्दी युवा क्लबका कार्यबाहक अध्यक्ष बिजयकुमार श्रेष्ठले बताए   । क्लबले खेलकुद प्रतियोगितासँगै तीजको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।

क्लबका सचिव रियाज मियाका अनुसार राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिताको पहिलो पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार दुई समुहलाई १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

कोरोनाका कारण दुई वर्ष सम्म स्थगित भएको तीज उत्सव यसपटक सञ्चालन गर्न लागिएको हो । उत्सवले खेलकुदको विकास, संस्कृतिको संरक्षण युवा शसक्तिकरण लागूऔषध दुर्व्यसनी र समाजलाई सकारात्मक बाटो तर्फ अगाडि बढाउन सहयोग पुग्नेछ ।   

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १२ : १५ बजे

सर्वोच्च अदालत : ‘हदम्याद, तारेख र म्याद थप अनुमति’

काठमाडौं– सर्वोच्च अदालतले चालु मुद्दाको हदम्याद, तारेख र म्याद थप

विगतका चुनावमा अन्तर्घात गर्ने सबै नेता-कार्यकर्तालाई माफी दियो कांग्रेसले

काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा पार्टीको अनुशासन उल्लंघन

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको

प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका

‘एभरेष्ट समिटियर्स समिट’को दोस्रो सम्मेलन मे २७ मा

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी