बेंसीशहरमा १७औँ तीज उत्सव कार्यक्रम २०७९ हुने « Khabarhub

बेंसीशहरमा १७औँ तीज उत्सव कार्यक्रम २०७९ हुने


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हरितालिका तीजको अवसरमा लमजुङको बेँसीशहरमा १७ औँ तीज उत्सव कार्यक्रम २०७९  हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका साथ  तीज उत्सव आयोजना गर्न लागेको हो । क्लबले शनिबार  बेँसीसहरमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर  उत्सवबारे जानकारी गराएको हो ।  

क्लबका अध्यक्ष  जुन तामाङले हरेक वर्ष क्लबले विविध सांस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गदै आएकोमा यस वर्ष पनि तीज उत्सव गर्ने बताए । उनका अनुसार तीज उत्सव २०७९ लाई सफल बनाउन ७  वटा उपसमितिहरू गठन गरिएको छ ।  कार्यक्रमका लागि करिव ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तीज उत्सव १४ भदौ हरितालिका तीजको दिन बेंसीसहरस्थित फुलबारी मञ्चमा हुनेछ । 

उत्सवको अवसरमा  भदौ  ९, १० र ११  गते फूलबारी मञ्चमा सातौँ खुल्ला तथा चौथो प्रविणकुमार कायस्थ राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने लमजुङ मर्स्याङ्दी युवा क्लबका कार्यबाहक अध्यक्ष बिजयकुमार श्रेष्ठले बताए   । क्लबले खेलकुद प्रतियोगितासँगै तीजको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।

क्लबका सचिव रियाज मियाका अनुसार राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिताको पहिलो पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार दुई समुहलाई १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

कोरोनाका कारण दुई वर्ष सम्म स्थगित भएको तीज उत्सव यसपटक सञ्चालन गर्न लागिएको हो । उत्सवले खेलकुदको विकास, संस्कृतिको संरक्षण युवा शसक्तिकरण लागूऔषध दुर्व्यसनी र समाजलाई सकारात्मक बाटो तर्फ अगाडि बढाउन सहयोग पुग्नेछ ।   

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १२ : १५ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र