‘भ्रष्टाचारी दण्डित भएको हेर्न चाहनुहुन्छ भने राप्रपा नेपाल रोज्नुस्’  « Khabarhub

‘भ्रष्टाचारी दण्डित भएको हेर्न चाहनुहुन्छ भने राप्रपा नेपाल रोज्नुस्’ 


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका गल्ती त्रुटि नदोहोर्‍याउने भन्दै भ्रष्टाचारी दण्डित भएको हेर्न चाहना राख्ने जनताले आगामी निर्वाचनमा राप्रपा नेपाललाई रोज्न आग्रह गरेका छन् । ललितपुरको जावलाखेलमा पार्टीद्वारा आज आयोजित कार्यक्रममा थापाले बेरोजगारी, महङ्गी, धर्म परिवर्तन, कुशासनको अन्त्य गर्न र जनताले अनुभुति गर्ने परिवर्तनको निम्ति विकल्पमा जानू पर्ने बताए । 

वैकल्पिक शक्ति राप्रपा नेपाल मात्रै भएको  दाबी गर्दै थापाले वैदेशिक हस्तक्षेपको अन्त्य गर्नको निमित्त राष्ट्रवादी शक्ति राप्रपा नेपाल बलियो हुनुपर्नेमा जोड दिए । नेपाली जनताले खोजेको परिवर्तन, विकास र समृद्धिको चाहना र सपना पूरा हुन नसकेको भन्दै ठूला दलहरू आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएकोले मुलुकको स्वाभिमान समेत कमजोर भएको तर्क गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष श्याम तिमल्सिनाले आगामी चुनावमा राप्रपा नेपालले ललितपुरबाट राम्रो जनमत प्राप्त गर्ने बताए । उनले राप्रपा नेपाललाई विश्वास गर्न ललितपुरे जनता समक्ष आग्रह गरे । कार्यक्रम सुरु हुनुअघि लगनखेल बसपार्कबाट नारासहित जुलुस प्रदर्शन गरिएको थियो । जुलुसको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ४ : २७ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल